यू-१९ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो खेल भुटानसँग खेल्दै

काठमाडौँ - बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।
खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने अवस्थामा छ ।