अमेरिकी डलर र युरो घट्दा बेलायती पाउन्ड बढ्यो, कुन मुद्राको विनियम दर कति ?

काठमाडौँ - आज २०८० माघ २१ गते, ४ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३८ रुपियाँ र बिक्री दर १३२.९८ रुपियाँ तोकिएको छ । जुन अघिल्लो कारोबार दिन खरिद दर १३२.४५ र बिक्री दर १३३.०५ रुपियाँ थियो । 

त्यसैगरी युरोपियन युरो पनि घटेको छ । युरो १ को खरिद दर १४४.०७ र बिक्री दर १४४.७२ तोकिएकामा शुक्रबार खरिद १४३.१० र बिक्री १४३.७५ तोकिएको थियो । 
त्यस्तै, आइतबार बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.९१ र बिक्री दर १६९.६८ तोकिएको छ । जुन अघिल्लो दिन क्रमशः खरिद १६७.३१ र बिक्री १६८.०७ रुपियाँ थियो । 

साथै, स्विस फ्रांक १ को खरिद दर १५४.७१ रुपियाँ र बिक्री दर १५५.४१ रुपियाँ छ भने अस्ट्रेलियन १ डलरको खरिद ८७.४४ र बिक्री ८७.८४ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिद दर ९८.९७ र बिक्री दर ९९.५९ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 
यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९९.१४ र बिक्रीमूल्य ९९.५९ रुपियाँ, जापानिज येन १० को खरिद ९.०३ र बिक्री ९.०८ रुपियाँ, चिनियाँ युआन १ को खरिद १८.४ र बिक्री १८.५३ रुपियाँ तोकिएको छ । त्यस्तै, साउदी अरबियन रियाल १ को खरिद दर ३५.३० र बिक्री ३५.४६ रुपियाँ तोकिएको छ ।