यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डौँ - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।  

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो ।  नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, सोमपाल कामी र रोहित पौडेलले एकरएक विकेट लिए ।

यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मुहम्मद वासिमले २६, अशिन शरार्फुुले १६ र आशिफ खानले १३ रन जोडे  ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।