भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौँ - भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिएको हो। प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो । 

टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो। सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेको छ। जुन खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट सुरु भएको हो।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो। कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए। जसअनुसार आज नेपाल भारतबीच प्रतिस्पर्धा भइरहेको हो।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ।