काँग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

काठमाडौँ - नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सापकोटाले भदौ २० गते भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो ।
सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।