बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) लगायतका सेवा सञ्चालन गर्न ठूला सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ताकेता गरेपछि  स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै  सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ।