नेपाल आज भुटानसँग भिड्दै, लगातार तेस्रो जित निकाल्ने योजना

काठमाडौँ - नेपालले आज महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा भुटानसँग भिडन्त गर्दैछ। समूह चरणमा सुरुवाती दुवै खेल जितेको नेपाल लगातार तेस्रो जित निकाल्ने योजनामा छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको थियो। दोस्रो खेलमा बहराइनलाई मात्र ३१ रनमा अल आउट गर्दै नेपालले तेस्रो ओभरमै १० विकेटको जित निकालेको थियो। आजको खेल जितेमा नेपालको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ। 

यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।
प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि(२० क्वालिफायर खेल्न पाउने छन्।