बैँकहरूको सञ्चालन मुनाफा सहजै वृद्धि हुने

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा ५ अर्ब रुपैयाँदेखि साढे ५ अर्ब रुपैयाँ वृद्धि हुने भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले असल कर्जामा गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्थालाई १.२० प्रतिशतबाट घटाएर १.१० प्रतिशतमात्रै छुट्ट्याउन पाउने भएकाले नाफा वृद्धि हुने भएको हो ।

यससँगै, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले १.३ प्रतिशतबाट १.१ प्रतिशतमात्रै छुट्ट्याउन पाउने भएका छन् । यसैक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल कर्जाको गुणस्तर वृद्धि गर्न एकै पटक नगरेर विगत डेढ वर्षदेखि क्रमिक रूपमा ५ प्रतिशतबाट घटाउँदै अहिले असल कर्जा १.१० प्रतिशत राखिएको बताउँछन्। ‘यसरी घट्दा बैंक तथा वित्तीय संस्थाहरूको ५ अर्बदेखि साढे ५ अर्ब रुपैयाँ छुट्ट्याउनु नपर्दा नाफाको बाटो खुल्छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ का लागि जारी गरेको मौद्रिक नीतिमा भएका व्यवस्थालाई क्रमशः कार्यान्वयन गर्न निर्देशन दिन थालेको छ । यसैक्रममा गरेको व्यवस्था कार्यान्वयन हुँदा बैंक तथा वित्तीय संस्थाको नाफामा वृद्धि हुने भएको हो ।