तरलता सहजपछि ऋणको ब्याजदर घट्दै, वाणिज्य बैंकहरुको औसत आधारदर कति ? 

काठमाण्डौँ - बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ । वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ ।
 बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर १.० प्रतिशतले घटेको हो ।

योसँगै हाल दुई सरकारी बैंकसहित चार वटाको आधारदर एकल अंकमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नबिल बैंक र नेपाल बैंकको आधारदर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशतभन्दा तल झरेको छ ।

पछिल्लो समय ऋण प्रवाह कम र निक्षेप आउने क्रम बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.११ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ । बैंकहरूको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा ३ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ ।