सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भई रहेको चाँदी  रहेर  सोही मूल्यमा कारोबार भइरहेको छ।