आजको शेयर बजार २१.३२ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौँ - आज पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

 कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ । यसको आज २३ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा सोल्टी होटल र नागरिक लगानी कोषको कारोबार भएको छ ।