बारले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

काठमाडौँ - नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । 

अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा बारले आज  बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको हो । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा आज दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस पैरवी  नगर्ने उल्लेख छ ।

बारले यसका लागि देशभरिका बार इकाई, वरिष्ठ अधिवक्ता, अभिवक्तालाई बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस पैरवी नगर्ने सूचित गरेको जनाइएको छ ।  

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले उक्त घोषणा गरेको हो । 

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ ।