ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?   

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।

सोमबार एक लाख ४० हजार ३०० रुपयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।