'बजेटमा करका दर हेरफेरले अर्थतन्त्र सङ्कटमा गयो' : केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेटमा व्यापारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताएका छन् ।

आज काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले व्यापारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौं रुपैयाँ कमाएको तर देश घाटामा गएको बताएका हुन् । अबको डेढ वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए देश असफल राष्ट्रमा परिणत हुने खतरा बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।