आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३१.१७ रुपैयाँ रहेको छभने बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिददर १४२.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.८५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिददर ३४.९४ रुपैयाँ रहँदा बिक्रीदर ३५.१० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको छ ।