आइतबारका लागि कुन देशको विनिमय दर कति ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।