काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौँ - काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् ।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का अदालतबाटै फरार भएका हुन् । उनी हत्कडीसहित भागेका हुन् ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।