मेची राजमार्ग बन्द, यात्रु अलपत्र

इलाम - ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण बुधबार मेची राजमार्ग ठप्प भएको छ ।

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै गरेको बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो ।