अब नेपाल सेमिफाइनलमा यूएईसँग भिड्ने

काठमाण्डौँ - आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ । 
नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो ।


बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले हार्दै समूह उपविजेता बनेको हो ।  समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो ।  आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह बीको अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै यूएई समूह विजेता बनेको हो ।