संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै

काठमाण्डौँ - संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए । 

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने संभावित कार्यसूची रहेको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८÷७९  र तेस्रो वार्षिक प्रतिवेदन  २०७९÷८०  पेश गर्ने कार्यसूची रहेको छ ।