ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

 काठमाडौँ - नेपालले आइसिसी टी २० विश्वकप एसिया फाइनल छनोटमा ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी टि २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेको हो ।


कप्तान रोहित पौडेलले ओमानलाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । खेल आज बिहान ९ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 

समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन् । आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।