'हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिटो उद्धार गर्नुपर्छ' : महामन्त्री शर्मा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्दारका लागि आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विपीन हमासको नियन्त्रणमा रहेको पुष्टि भएकाले  कतार सरकारसँग संवाद गरेर उद्दार गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

विपन हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले पुष्टि गरेको छ । विपीन इजरायल र हमासबीच युद्धका क्रममा बेपत्ता भएका थिए । उनका साथीहरूले हमासले नियन्त्रणमा लिएर लगेको भनिएपनि उनको अवस्था अज्ञात थियो । तर इजरायल सरकारले विपीन हमासको नियन्त्रणमा रहेको दावी गरेको छ ।

उनले काकटभिट्टा नाका खुला गर्न पनि सरकारसँग माग गरे । कोभिडकालमा बन्द भएको सो नाका अहिलेसम्म संचालनमा आउन सकेको छैन। नाका संचालनमा नआउँदा  त्यहाँ होटल यातायात र सम्पूर्ण पर्यटन क्षेत्रमा असर परिरहेको उनको भनाइ छ ।