नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा, रेशम बने कार्यकारी अध्यक्ष

 काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए ।


नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।