सत्ताबाट हटाउनेकाविरुद्ध करोडौं जनता उतारेर आन्दोलनको नेतृत्व गर्छु : प्रधानमन्त्री

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरिमा आज (शनिबार) आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए ।सरकारको सुशासन अभियानले प्रतिक्रियावादीहरु अत्तालिएको पनि बताएका छन् ।