सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद थप्ने तयारी  

काठमाडौँ । सहकारीको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय समितिको म्याद थप्ने तयारी भइरहेको छ।

अपचलनका सम्बनधमा पिडतलाई न्याय दिने गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समितिले समय सकिन ६ दिनमात्रै बाँकी रहँदा १५ दिन समय थप गर्न लागिएको हो।

भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ। समितिको म्याद भदौ २२ गते सकिँदै छ।