आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ९१ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।