कक्षा १२ मा सोचे जस्तो नतिजा नआएका विद्यार्थीलाई सुमनाले भनिन्, ‘हरेस नखानुस् म साथमा छु’  

काठमाडौँ । पूर्वशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कक्षा १२ को नतिजा सोचेजस्तो नआएका विद्यार्थीलाई हरेस नखान आग्रह गरेकी छन्।

उनले आज (शुक्रबार) सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै धेरै अवसरहरु भएको बताउँदै निरास नबन्न भनेकी हुन् । 

उनले भनेकी छन् ‘भाइबहिनीहरू आफूले सोचेको जस्तो ठ्याक्कै रिजल्ट आएन भने पनि हरेस नखानुस्,धेरै अवसरहरू अझै छ,रि एक्जाम,रि टोटलिङ गर्न सकिन्छ, र सोचेजस्तो नतिजा ल्याएका भाइबहिनीहरूले पनि पछि के गर्ने ? भन्ने अन्योलमा भए आफूभन्दा सिनियरसँग कुरा गर्नुस्,भिडियो लिंक राखेको छु हेर्नुस्, म सिधै तपाईंहरूको साथम छु।’

आज गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ। परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन्।