जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले खाद्य स्वच्छता तथा गुणस्तरको विषय सङ्घीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए ।

खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताए ।