सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।