विश्वकप क्वालिफायरको प्लेअफमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ - आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत आज नेपालले युएईको सामना गर्दै छ ।  प्लेअफको सेमिफाइनलमा नेपालले जिम्बाबेको हरारे स्पोर्ट्स मैदानमा खेल्दै छ । 

नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् । यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । 

प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।