डलर युरो लगायतका विदेशी मुद्रा साट्दै हुनहुुन्छ ? हेर्नुहोस् यस्तो छ मूल्य विवरण !

 काठमाडौँ - आज २०८१ साल असार १८ गते मंगलबार सन् २०२४ जुलाई १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।