पुँजीगत लाभकरलाई नै अन्तिम कर काय गर्न माग गर्दै सेयर लगानीकर्ता आन्दोलित

काठमाडौँ - सेयर लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउँदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने,पुँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर,पश्चगामी करनीति खारेज गर,लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकवद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

लगानीकर्ताको सम्पतीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव समेत दिए ।