संसदका दुबै सदनको बैठक बस्दै, आजबाट बजेटमाथि छलफल

काठमाडौँ - संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल प्रारम्भ हुने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले बताएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।