पूर्वमन्त्री जोशी : भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा हुने 

काठमाडौँ - सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर २१ असारसम्म बहस नोट पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले १ जेठदेखि जोशी विरुद्धको मुद्दाको सुनुवाइ गरिरहेको थियो ।

अख्तियारले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।