आजको बिनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १७ पैसाले घटेको छ। मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको थियो ।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा कम हो । सोमबार यसको खरिद मूल्य १६४ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ एक पैसामा कारोबार भएको थियो ।