अमेरिकी डलर र पाउन्डको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनियम दर कति ? 

काठमाडौँ - आज २०८० माघ १९ गते, २ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४५ रुपियाँ र बिक्री दर १३३.०५ रुपियाँ तोकिएको छ । जुन हिजो  खरिद दर १३२.५८ र बिक्री दर १३३.१८ रुपियाँ थियो । 

त्यसैगरी आज युरोपियन युरो १ को खरिद दर १४३.१० र बिक्री दर १४३.७५ तोकिएकामा अघिल्लो दिन खरिद १४३.७२ र बिक्री १४४.३७ तोकिएको थियो । 
त्यस्तै, आज बेलायती पाउन्ड स्टर्लिङ पनि घटेको छ । यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.३१ र बिक्री दर १६८.०७ तोकिएको छ । जुन अघिल्लो दिन क्रमशः खरिद १६८.१४ र बिक्री १६८.९१ रुपियाँ थियो । 

साथै, शुक्रबार स्विस फ्रांक १ को खरिद दर १५३.४४ रुपियाँ र बिक्री दर १५४.१४ रुपियाँ छ भने अस्ट्रेलियन १ डलरको खरिद ८६.२७ र बिक्री ८६.६६ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिद दर ९८.३९ र बिक्री दर ९८.८४ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.७५ र बिक्रीमूल्य ९९.२० रुपियाँ, जापानिज येन १० को खरिद ९.०२ र बिक्री ९.०६ रुपियाँ, चिनियाँ युआन १ को खरिद १८.४४ र बिक्री १८.५२ रुपियाँ तोकिएको छ । त्यस्तै, साउदी अरबियन रियाल १ को खरिद दर ३५.३२ र बिक्री ३५.४८ रुपियाँ तोकिएको छ ।