सुनको मूल्य पाँच दिनदेखि लगातार वृद्धि, आज तोलाको कतिमा हुँदैछ कारोबार  ? 

काठमाडौँ - पाँच दिनमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबारका दिन शुक्रबारसम्म सुनको मुल्य १५ सय रुपैयाँले बढेको हो ।

 आज शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा करोबार भएको सुनको मूल्य साताको पाँचौ दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको छ । यससाता सुनको मुल्य १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।