माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौँ - नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो । 

नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक(एक विकेट लिए।
यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१२ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए भने कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे । माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिएका थिए ।