प्रधानमन्त्री दाहालले बोलाए सात दलको बैठक, के बिषयमा हुँदैछ छलफल ?

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि सर्वदलीय बैठक बस्न लागेको हो । नेताहरू अहिले बालुवाटार पुग्ने क्रम जारी छ ।

बैठकमा उच्चस्तरीय छानबिन समिति, संक्रमणकालिन न्यायसम्बन्धी विधेयक टीआरसी, संघीय निजामति  ऐन र विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ ।

सर्वदलीय बैठकअघि प्रधानमन्त्री दाहाल र नेकपा एमाले ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।  अमेरिका र चीन भ्रणमणबाट फर्किए लगत्तै शनिबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका प्रधानमन्त्री दाहालले आज ओलीसँग छलफल गरेका हुन् ।