प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिष्कार किन ? 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ ।
रास्वपा सभापति  रवि लामिछानेले चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनले मूल्यवृद्धि आफूहरुको गम्भीर आपत्ति रहेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकपनि मूल्यवृद्धिकै कारण बहिष्कार गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री आज सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाएका छन् ।