एकीकृत समाजवादीको आजदेखि मेची महाकाली अभियान सुरु

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले आजदेखि मेची महाकाली जागरण यात्रा अभियान सुरु गर्दैछ ।
पार्टीले शनिबार झापाको काँकरभिट्टामा पत्रकार भेटघाट कार्यक्रम गर्दै यात्राको तयारी पूरा भएको जनाएको हो ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने जानकारी दिनुभयो ।
आइतबार बिहान ११ बजेबाट सुरू हुने यात्रामा पार्टीका अध्यक्ष माधवकुमार नपाल सहित उच्च नेताहरुको सहभागिता रहने जनाइएको छ ।

झापाका तीन स्थान काँकडभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ ।