आइसिसी महिला टी–२० विश्वकप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै

 काठमाण्डौँ - आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनको सामना गर्दैछ । नेपाल र बहराइनबीचको खेल मलेसियामा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।  प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बिहीबार आयोजक मलेसियालाई ५ रनले हराएको थियो । 

नेपाल बहराइनविरुद्ध पनि जित निकाल्ने योजनामा छ । बहराइन पनि लगातार दोस्रो जितको खोजी हात पार्ने दाउमा छ । उसले पहिलो खेलमा कतारलाई ५ विकेटले हराएको थियो ।  प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । 

यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।