आईसीसी टी-ट्वान्टी महिला विश्वकपमा नेपालको लगातार दोस्रो जित

 काठमाडौँ - आईसीसी टी–ट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको हो । मलेसियामा जारी खेलमा बहराइन नेपालसँग १० विकेटले पराजित भएको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब गरेको हो ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टीम मलेसियालाई पाँच रनले हराएको थियो ।