५३ अंकले घट्यो नेप्से, साढे १० अर्ब रुपैयाँ बराबरको कारोबार 

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ५३ अंकले घटेको छ। नेप्से परिसूचक आज ५३ दशमलव ६३ अंकले घटेर २ हजार ६९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो। 

आज नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ भने कारोबार रकम पनि घटेको छ। आज ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर १ लाख ३० हजार ६३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा बढी वित्त समूह ३ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ९८ र बैंकिङ २ दशमलव ३४ प्रतिशतले घटेको छ। 

त्यसैगरी, विकास बैंक १ दशमलव ८५, जलविद्युत् २ दशमलव ४०, लगानी १ दशमलव ३३, जीवन बीमा १ दशमलव ४४, उत्पादन तथा प्रशोधन १ दशमलव ८०, लघुवित्त १ दशमलव ८८, निर्जीवन बीमा १ दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह १ दशमलव ०४ प्रतिशतले बढेको छ।

आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको ५२ करोड ३१ लाख १० हजार ४९२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको ८ लाख ४ हजार ८ सय कित्ता शेयर कारोबार भएको छ।