एमसीसीको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

काठमाडौँ - नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणमा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा संयुक्त गोष्ठी एवम् कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने निर्णय गरेको हो ।