भैरहवा र पोखराबाट सिधै चीनमा हवाइ उडानका लागि प्रस्ताव गरिँदै

 काठमाण्डौँ -  नवनिर्मित पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चिनियाँ सहरमा हवाइ उडानका लागि सरकारले प्रस्ताव गर्ने भएको छ।

आगामी असोज पहिलो साता हुने चीन भ्रमणका क्रममा उक्त प्रस्ताव चीन सरकारसँग राखिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

समाजवादी मोर्चा नेपालले पोखरामा गरेको सन्देशसभालाई सम्बोधनका क्रममा प्रचण्डले दुवै विमानस्थलबाट सिधै चीनमा उडानका लागि प्रस्ताव गर्ने गरी शुक्रबार मात्रै एजेन्डा तय भएको बताए।