भलिबलका निम्ति आवासीय कभर्ड हल बनाउँछौँ  : मन्त्री श्रेष्ठ  

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलका निम्ति आवासीय कभर्ड हल बनाइने बताएका छन् ।

शनिबारदेखि काठमाडौँमा सुरु आठौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

आउँदो आर्थिक वर्षमा भलिबलका निम्ति एउटा आवासीय कभर्ड हल बनाउने विषयमा छलफल भइरहेको मन्त्री श्रेष्ठले बताए ।

उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउँदै भलिबलका लागि राम्रो कभर्ड हल बनाउने चुनौती रहेको उनले उल्लेख गरे ।