महोत्तरी शाखाबाट दिउँसै बैक लुटिएको विषयमा बोल्यो एनएमबि बैंक 

काठमाडौँ - महोत्तरी शाखा कार्यालय लुटिएको बारे एनएमबि बैंकले आधिकरिक धारणा सार्वजनिक गरेको छ ।

बैंकले एक प्रेस वक्तव्य सञ्चारमाध्यमलाई पठाएर महोत्तरीस्थित नेपाल–भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित शाखा कार्यालयमा जेठ १६ गते ४ जनाको समूहमा रहेको बन्दुकधारी समूहले लुटेको बताएको हो ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीका लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भइसकेको र अनुसन्धान भइरहेको बैंकले जनाएको छ । घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको भन्दै बैंकले अनुसन्धानपछि प्राप्त हुने थप विवरण जानकारी गराइनलेसमेत उल्लेख गरेको छ ।