नेपाली युवा उद्यमी महासंघ यूकेको अध्यक्षमा बराल चयन

कमला रसाईली 

बेलायत । खाना अनुसन्धाता एवं युवा व्यवसायी विनोद बराल अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बेलायत च्याप्टरको अध्यक्ष भएका छन् ।

सेलिब्रेटी सेफ तथा खानाको अनुसन्धान र खोजीमा लामो समयदेखि लागि परेका बराललाई युवा उद्यमी महासंघ यूकेको अध्यक्षमाचयन गरिएको हो ।

विशेष गरि नेपाली खानालाई विश्वव्यापी रुपमा बिस्तार गर्न लागि परेका बराल बेलायतमा बसोबास गर्दै आएका छन् । उनले

आफूले अध्यक्षको जिम्मेवारी पाएसंगै नेपाली ब्यबसायी र बेलायतका युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउन मुख्य भूमिकानिर्वाह गर्ने बताए ।

विभिन्न देशमा रहेर  व्यवसाय गरिरहेका नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो संस्था हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा  खुलिसकेका छन्।