श्रमिकका समस्या समाधान सुधारका लागि श्रमाधान सेवा सुरु : मन्त्री अर्याल

काठमाडौँ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको छ।

बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको सुरुवात गरेका हुन्। उनले श्रमाधान सेवाको सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टरभन्दा पनि कार्यक्रमको रुपमा श्रमाधानको शुरुवात गरेको बताए।

उनले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको बृहत र व्यावहारिक योजना भएको दाबी गरे। उनले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनले श्रमाधानमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएको बताए। उनले इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उल्लेख गरे। उनले सात रङले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्वित गर्ने दाबी गरे।